इन्स्पेक्टर सञ्जय बुचा प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित

नेपाल प्रहरी प्रदेश कार्यालय, धरानमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) सञ्जय बुचा प्रदेश १ को उत्कृष्ट प्रहरीका रूपमा सम्मानित भएका छन्।

६७औं प्रहरी दिवसको अवसरमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्य गरेबापत इन्स्पेक्टर बुचा सम्मानित भएका हुन्।

प्रहरी संगठनमा रहेर कर्तव्यनिष्ठ, इमानदार र लगनशील भई उत्कृष्ट कार्य गरेकाले इन्स्पेक्टर बुचालाई सम्मान गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इन्स्पेक्टर बुचलाई प्रदेश १ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीद्वारा हस्ताक्षरित प्रमाणपत्र प्रदान गरियो।

एसएसपी जयराज सापकोटाले इन्स्पेक्टर बुचालाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर