शान्ति मिसनमा चिकित्सक पनि पठाइने

सरकारले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा सैनिकहरूसँगै चिकित्सकलाई पनि पठाउने भएको छ। शान्ति सेनाको टोलीमा चिकित्सकलाई पहिलोपल्ट लगिने भएको हो।

रक्षा मन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै लिबियामा शान्ति मिसनका लागि जनरल सर्जन पठाउन आग्रह गरेको हो।

मन्त्रालयले एक सूचना जारी गर्दै एक वर्षका लागि कार्यरत रहने गरी कम्तीमा ३ वर्षको अनुभव प्राप्त जनरल सर्जन कन्सल्ट्यान्टलाई आवदेन दिन अनुरोध गरेको छ। सूचनामा शान्ति मिसनमा जान चाहने मन्त्रालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीले कात्तिक १६ गतेसम्म आवदेन दिनसक्ने उल्लेख छ।

हेर्नुहाेस् सूचना :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *