
जितजंग बस्नेतको संयोजकत्वमा कांग्रेसको चुनाव प्रचारप्रसार उपसमिति


कांग्रेस केन्द्रीय सदस्य जितजंग बस्नेत। फाइल फाेटाे
प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन लक्षित जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचारप्रसार उपसमिति गठन गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि ५० जना सदस्यहरू उक्त समितिमा मनोनीत गरेकोे हो ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन–२०७९, केन्द्रीय प्रचारप्रसार समितिका संयोजक एवं पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस केन्द्रीय सदस्य एवं केन्द्रीय प्रचारप्रसार समितिका सदस्य जितजंग बस्नेतको संयोजकत्वमा गठित नेपाली कांग्रेस प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन जिल्ला सम्पर्क समिति समन्वय तथा प्रचारप्रसार उपसमितिमा ५० सदस्यहरू मनोनयन गरेको मुख्यसचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
- एआईजीमा बढुवा भएका ६ जनालाई दर्ज्यानी चिह्न प्रदान
- यस्तो छ माधव नेपालले प्रधानमन्त्रीलाई बुझाएको मागपत्र (पूर्णपाठ)
- नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत, प्रतिव्यक्ति आय १ हजार ५ सय १७ हुने अनुमान
- हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव– कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे सपनामै जिन्दगी जाला
प्रतिक्रिया