मेरो एकमात्र एजेण्डा देशको विकास र समृद्धि : ओनसरी घर्ती

नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले आफ्नो एकमात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएकी छन् ।

बुधबार साल्खा महादेवस्थानमा आयोजित साँखु जेसिजको २१ औँ शंखरापुर स्मारिका विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको विकास र समृद्धि नै आफ्नो मूल एजेण्डा भएको बताएकी हुन् ।

उनले अझै पनि आफूहरूले चाहेजस्तो देश बनाउन नसकिएको उल्लेख गर्दै देशलाई क्रमशः समृद्ध बनाउँदै लाने बताइन् । उनले विगतमा गरिएका सम्पूर्ण कामहरूको पनि जिम्मेवारी लिने बताइन् ।

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकी नेतृ घर्तीले आफू निर्वाचित भएमा सबै पेशा, व्यवसायका मानिसहरूको हक अधिकारहरूको सुनिश्चित हुनेगरी कानून बनाउने बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर