बंगलादेशमा आँधीबाट २८ जनाको मृत्यु, लाखौं प्रभावित

बंगलादेशमा ‘सित्राङ’ नामको आँधीबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । सित्राङबाट लाखौं मानिस प्रभावित भएका बताइएको छ ।

आँधीका कारण त्यहाँका लाखौं व्यक्ति विद्युतविहीन भएका अधिकारीले बुधबार जानकारी दिएका छन् । उद्धारकर्मीले ड्रेजर डुंगाका चालक दलका चार जना सदस्यको शव बुधबार फेला पारेका थिए । यसपछि सो आँधीबाट ज्यान जानेको संख्या २८ पुगेको बताइएको छ ।

बंगलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ । तर, वैज्ञानिकले जलवायु परिवर्तनले तिनलाई अझ तीव्र र बारम्बारको खतरा बनाउँदैछ ।

सित्राङ नामक यस आँधी दक्षिणी बंगलादेशमा अवतरण गरेको जनाइएको थियो । त्यस लगत्तै मानिसलाई यसले प्रभावित पारेको हो ।

अधिकारीले यस शक्तिशाली आँधी आउनुअघि करिब १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्‍याउन सफल भएको बताएका थिए ।

सो आँधीको गति ८० किलोमिटर ९५५ माइल प्रतिघण्टा रहेको र यसले अझै पनि लाखौं मानिसको घर रहेको देशको घना जनसंख्या भएको तल्लो तटीय क्षेत्रमा विनाश गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *