रूपन्देही-२ मा सत्ता गठबन्धनको समर्थन जनमुक्ति पार्टीका केशव थापालाई

आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्ता गठबन्धनले रूपन्देही प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापालाई साझा उम्मेदवारका रूपमा समर्थन गर्ने भएको छ।

बुधबार सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र राष्ट्रिय जनमोर्चा पार्टी अध्यक्ष चित्र बहादुर केसीले संयुक्त विज्ञप्ति जारी गरी थापालाई समर्थन गर्ने जानकारी दिएका हुन्।

यसअघि रूपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका राजु गुरूङले उम्मेदवारी दिएका थिए। गुरुङको उम्मेदवारी खारेज भएपछि गठबन्धनले जनमुक्ति पार्टीका थापालाई समर्थन गर्ने भएको हो।

यस क्षेत्रमा एमालोट उपाध्यक्ष विष्णु पौडेल उम्मेदवार छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर