संघ र सातै प्रदेशमा गठबन्धनको सरकार बन्छ : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन विजयी हुने दाबी गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका महामन्त्री थापाले सत्तारूढ गठबन्धनले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा विजयी भएर सरकार बनाउने बताएका हुन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विगतको पाँच वर्ष खेर गएको उल्लेख गर्दै आफूहरूले जितेपछि भने त्यो समयलाई खेर जान नदिने बताए ।

महामन्त्री थापाले निराश र आक्रोशित जनताको मत लिएर सरकार बनेपछि सत्तारूढ गठबन्धनले त्यसलाई खेर जान नदिने गरी काम गर्नुपर्ने पनि बताए । जनमतको कदर हुनेगरी काम गर्न नसकेको जनताले सडकमा आएर त्यसका विरुद्ध संघर्ष गर्ने उनले बताए ।

महामन्त्री थापाले आगामी निर्वाचनपछि आफूले सरकारको नेतृत्व गर्न चाहेको पनि बताए । त्यसका लागि पार्टीभित्रका साथीहरूले आफूलाई साथ दिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर