शनिबार घोषणापत्र सार्वजनिक गर्दै कांग्रेस

नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र शनिबार सार्वजनिक गर्ने भएको छ।

पार्टी सभापति शेरबहादुर देउवाले शनिबार बिहान १०ः०० बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

कांग्रेसले घोषणापत्र सार्वजनिक गर्ने मिति तेस्रो पटक तय गरेको हो। यसअघि कात्तिक ६ गते र ७ गते पनि घोषणापत्र सार्वजनिक गर्ने भनिएको थियो तर मिति सर्दै आएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर