
जुवातास खेलेको आरोपमा झण्डै चार लाख रकमसहित काठमाडौंबाट १८ जना पक्राउ


फाइल तस्बिर।
प्रहरीले काठमाडौंको नागार्जुन नगरपालिका–७ स्विट्जरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यू रिसोर्ट प्रालिभित्र जुवातास खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सोही नगरपालिका–८ बस्ने ३१ वर्षीय सुरेन्द्र विष्टसमेत १८ जनालाई बिहीबार राति पक्राउ गरेको जनाएको छ । प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ८२ हजार पाँच सय ९५ रुपैयाँ, १५ बुक तास र १६ थान कौडासहित पक्राउ गरेको हो ।
प्रतिक्रिया