माओवादी अध्यक्ष प्रचण्ड र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्प्सनले मंगलबार भेटवार्ता गरेका छन्।

सो भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिका र अमेरिकी जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सरहानीय रहेको बताए।

उक्त अवसरमा राजदूत थम्प्सनले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न आफूहरूको सहयोग निरन्तर रहने विश्वास दिलाए। उनले ७५ वर्षदेखिको नेपाल अमेरिकी सम्बन्धले आफ्नो कार्यकालमा अझै उचाइ लिने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर