काठमाडौं-३ मा उम्मेदवारी निष्क्रिय पार्न माओवादीको निर्देशन

नेकपा माओवादी केन्द्रले काठमाडौं–३ मा आफ्ना उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ। प्रतिनिधि सभा र प्रदेश सभा (क) को उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको हो।

सत्तारूढ गठबन्धनबीच यस क्षेत्रमा नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमति भएको थियो। तर, सहमतिविरीत काठमाडौं–३ मा माओवादी केन्द्रबाट बद्री बजगाईंले उम्मेदवारी दिएका थिए भने प्रदेश सभामा काठमाडौं ३ (क) मा कपिलमुनि उप्रेतीले उम्मेदवारी दिएका थिए। उनीहरूलाई दुईलाई उम्मेदवारी निष्क्रिय पार्न पार्टीले निर्देशन दिएको हो।

माओवदीले काठमाडौं–३ (ख) मा भने सत्ता गठबन्धनबीच मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको भन्दै महेश्वर फुयाँलको उम्मेदवारी कायम राखेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर