करिब ३२ लाख नगदसहित काठमाडौंबाट तीन जना हुण्डी कारोबारी पक्राउ

करिब ३२ लाख रुपैयाँ नगदसहित काठमाडौंबाट हुण्डी कारोबार गरेको अभियोगमा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक छन्।

काठमाडौं विशालबाजारस्थित अनुज सेन्टर र न्यूरोड खिचापोखरीस्थित जय दुर्गा ट्रेड इन्टरनेशनलबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा उनीहरू बुधबार पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा भारत नयाँदिल्ली ठेगाना भई काठमाडौं ठमेल बस्ने ५० वर्षीय कमलकान्त कुल्थिया, सप्तरी राजविराज ठेगाना भई काठमाडौं नक्साल बस्ने ६७ वर्षीय निर्मलकुमार अग्रवाल र भारत राजस्थान ठेगाना भई काठमाडौं ताहाचल बस्ने ५५ वर्षीय किशन गोपाल रहेका छन् ।

उनीहरूले नेपाल राष्ट्र बैंकले जारी गरेको आदेश÷निर्देशनविपरीत वित्तीय कारोबार (हुण्डी) गर्दै आएको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनबाट खटिएको प्रहरीले नगद ३१ लाख ८१ हजार ३ सय ८५ रुपैयाँ नगद र व्यक्ति तथा संस्थाको नाममा काटिएको बैंक चेकसहित उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर