विश्वभरका पर्यटकहरूलाई नेपाल भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्छु : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री जीवनराम श्रेष्ठले विश्वभरका पर्यटकहरूलाई नेपाल भित्र्याउने गरी पर्यटन क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विश्वभरका पर्यटकहरूलाई नेपाल भित्र्याउनका लागि ‘पर्यटक भ्रमण दशक’ कार्यक्रमलाई अभियानको रूपमा अघि बढाउने उनको भनाइ छ।

थाहा नगरपालिकाले शुक्रबारबाट काठमाडौंको वसन्तपुर डबलीमा आयोजना गरेको ‘थाहा पर्यटकीय फोटो प्रर्दशनी’को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले कल्चर, नेचर र यहाँ रहेका वैभवहरूका लागि पूर्वाधार विकास गरी नेपालमा बाह्रै महिना पर्यटकहरू आकर्षित हुनेगरी आफूले योजना तयार पारेको बताए। पर्यटन क्षेत्रको समावेशी विकासका लागि आफूले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार पारेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले त्यसको कार्यान्वयनमा जोड दिने बताए।

मन्त्री श्रेष्ठले थाहा नगरपालिकाले आयोजना गरेको फोटो प्रर्दशनीले पनि नेपाललाई पर्यटन क्षेत्रको गन्तव्यको रूपमा विकास गराउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

तीन दिनसम्म चल्ने प्रर्दशनीमा थाहा नगरपालिकाको सांस्कृतिक, प्राकृतिक तथा धार्मिक महत्त्वका सम्पदाहरूको चित्रण गर्ने प्रयास गरिएको थाहा नगरपालिकाले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर