कारागारभित्रै चौकीदारले गरे चौकीदारको बलात्कार

कारागार कार्यालय तुलसीपुर, दाङका पुरुष ब्लकका चौकीदारले महिला ब्लककी चौकीदारलाई बलात्कार गरेको आरोप लागेको छ।

बलात्कार मुुद्दामा कैद भुक्तान गरिरहेका कारागारका पुरुष ब्लकका चौकीदार २८ वर्षीय खुमबहादुर चौधरीले बैंकिङ कसुरमा कैद भुक्तान गरिरहेकी महिला ब्लककी २५ वर्षीया चौकीदारलाई बलात्कार गरेको आरोप लागेको हो।

चौधरीले ती महिलालाई कारागारकै भान्सा कोठामा लगेर बिहीबार बलात्कार गरेको आरोप छ।

बलात्कार भएको सूचनापछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले महिलालाई स्वास्थ्य परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल पठाएको छ।

बलात्कार आरोपी चौधरी कारागारमै रहेको जनाइएको छ।

प्रतिक्रिया

One thought on “कारागारभित्रै चौकीदारले गरे चौकीदारको बलात्कार

  1. भान्छा काेठामा लग्ने बेला सम्म के गरिराखेकि थिईन त ती महिला
    कसैले थाहा नपाउन्जेल माेज
    कसैले थाहा पाए बलत्कार वाह हाम्राे देश काे कानुन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर