संघ र सातै प्रदेशमा पाँच दलीय गठबन्धनले बहुमत ल्याउँछ : गृहमन्त्री खाण

 

गृहमन्त्री बालकृष्ण खाणले मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि संघ र सातै प्रदेशमा पाँच दलीय गठबन्धनले सरकार बनाउने बताएका छन्।

रूपन्देही ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका खाणले निर्वाचन परिचालनका लागि माओवादीले शनिबार भैरहवामा आयोजना गरेको बृहत् कार्यकता भेलामा बोल्दै सात प्रदेश र संघमा गठबन्धनले बहुमत ल्याउने बताए।

लामो संघर्षपश्चात् प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्वयस्थालाई थप मजबुत बनाउदै नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धनको जित अत्यावश्यक रहेको उनको भनाइ थियो।

एमाले नेतृत्वमा बनेको चुनावी गठबन्धन पश्चगामी रहेको बताउँदै यो गठबन्धनले जितेमा प्राप्त उपलब्धि उल्टन सक्नेतर्फ सचेत गराए। गणतान्त्रिक व्यवस्था बचाइ नागरिकको अवस्था परिवर्तन गर्न पाँच दलीय गठबन्धनको विजयी आवश्यक रहेको उनको भनाइ थियोे।

निर्वाचनपछि बन्ने सरकारको मुख्य ध्यान मुलुको विकास र रोजगारीमा हुने पनि गृहमन्त्री खाणले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर