धर्मराज पोखरेल कांग्रेसबाट निष्कासित

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवं जिल्ला कार्यसमिति खोटाङका पूर्वउपसभापति धर्मराज पोखरेल पार्टीबाट निष्कासित भएका छन्।

कांग्रेस केन्द्रीय अनुशासन समितिले गठबन्धनविरुद्ध बागी उठेका पोखरेललाई पाँच वर्षसम्मका लागि पार्टीबाट निष्कासन गरेको हो। पोखरेल खोटाङ प्रदेश सभा ‘क’मा गठबन्धनका उम्मेदवारविरुद्ध बागी छन्। सिट भागबण्डामा कांग्रेसलाई अन्याय भएको भन्दै उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

प्रदेश सभा ‘क’ गठबन्धनको भागबण्डामा नेकपा एकीकृत समाजवादीलाई परेको थियो। यहाँ एकीकृत समाजवादीका वीरवलकाजी राई उम्मेदवार छन्।

यसअघि पूर्वराज्यमन्त्री सर्वधन राईले प्रतिनिधि सभामा र महाधिवेशन प्रतिनिधि सुवासकुमार पोखरलले प्रदेश सभा ‘क’मा स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर, उनीहरूले भने उम्मेदवारी फिर्ता गर्ने अन्तिम दिन असोज २६ गते उम्मेदवारी फिर्ता लिएका थिए र धर्मराज पोखरेलको चाहिँ कायम थियो।

कांग्रेसले मंगलबार केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ जनालाई पार्टीबाट निष्कासन गरेको छ। बागी उम्मेदवार, प्रस्तावक र समर्थकलाई ५ वर्षसम्मका लागि पार्टी सदस्यबाट निष्कासन गरेको कांग्रेस केन्द्रीय अनुशासन समितिले जनाएको छ।

र, याे पनि-

केन्द्रीय सदस्य दिनेश कोइरालासहित कांग्रेसका ७४ नेता पार्टीबाट निष्कासित

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *