
एकैदिन ताेलामा १४ सय रूपैयाँले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?


सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९५ हजार चार सय रूपैयाँ तोकिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार नौ सय रूपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला९३ हजार पाँच सय रूपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० रूपैयाँले बढेर एक हजार दुई सय ९५ रूपैयाँ पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारको सुन तथा चाँदीका कारोबार मूल्यका आधारमा यहाँ दैनिक मूल्य तोक्दै आएको छ ।
- सांसद चन्दको प्रश्न- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो
- खानेपानी संस्थानको विनियमावली कार्यान्वयन गर्न मन्त्री यादवको निर्देशन
- दीपक मलिकको घर भत्काइएको विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग
- ६६ लाख ५९ हजारले लिए स्थायी लेखा नम्बर, सात महिनामै ४ लाख २६ हजार करदाता थपिए
प्रतिक्रिया