प्रकाशमानलाई भोट माग्दै बाबुरामले भने, ‘गठबन्धनका उम्मेदवारले जिते मात्रै संविधानको रक्षा हुन्छ’

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा हुने बताएका छन्।

शुक्रबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का गठबन्धनका साझा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको घरदैलो कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।

उनले नेता सिंह देश विकासको लागि सही र सक्षम नेता भएकाले गठबन्धनका उम्मेदवारहरूलाई काठमाडौं १ का मतदाताले जिताउनेमा विश्वस्त रहेको बताए। उनले गठबन्धनका साझा उम्मेदवारहरूले आसन्न निर्वाचन जितेको खण्डमा मात्रै संविधानको रक्षा गर्न र प्रतिगमनकारीलाई रोक्न सकिने भएकाले प्रकाशमानलगायत गठबन्धनका साझा उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरे।

अध्यक्ष भट्टराईले आफूले संघर्ष गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन निर्माण गर्नुपरेको उल्लेख गर्दै गठबन्धनलाई बलियो बनाएर मात्रै संविधानको रक्षा, सुशासन र राजनीतिक स्थिरता हुनसक्ने दाबी गरे।

अध्यक्ष भट्टराईले घरदैलो कार्यक्रममा वाम लोकतान्त्रिक गठबन्धनबाट मात्रै विकासले गति लिन्छ भन्ने आम नागरिकको विश्वास रहेको पाइएको बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर