‘आतंकवादी वित्तपोषण’विरुद्धको तेस्रो मन्त्रीस्तरीय सम्मेलन आयोजना गर्दै भारत

भारत सरकारले यही नोभेम्बर १८ र १९ तारिख आतंकवादी वित्तपोषणविरुद्धको तेस्रो मन्त्रीस्तिरीय सम्मेलन आयोजना गर्ने भएको छ।

आतंकवादको वित्तपोषणविरुद्ध छलफलका लागि सम्मेलन आयोजना हुन लागेको हो।

नयाँ दिल्लीमा आयोजना हुने आतंकवादको वित्तीय नियन्त्रणसम्बन्धी ‘आतंकवादका लागि पैसा छैन’ नामक सम्मेलनमा भारत सरकारका तर्फबाट केन्द्रीय गृह मामिला तथा सहयोगमन्त्री अमित शाह सहभागी हुनेछन् र उनले आतंकवादविरुद्धको लडाइँमा भारतको दृढ संकल्प व्यक्त गर्नेछन्।

दुई दिन चल्ने सम्मेलनमा ७५ देश र अन्तर्राष्ट्रिय निकायका प्रतिनिधिहरूले विचार राख्नेछन्।

सम्मेलनको उद्देश्य पेरिस (२०१८) र मेलबर्न (२०१९)मा भएका पछिल्ला दुई सम्मेलनहरूमा अन्तर्राष्ट्रिय समुदायद्वारा आयोजित आतंकवादी वित्तपोषणविरुद्धको छलफललाई अगाडि बढाउनु रहेको केन्द्रीय गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यसमा आतंकवाद वित्तपोषणका सबै पक्षहरूको प्राविधिक, कानूनी, नियामक र सहयोग पक्षहरूमा छलफल हुनेछ।

यस सम्मेलनको माध्यमबाट आतंकवाद वित्तपोषणविरुद्ध केन्द्रित अन्य उच्चस्तरीय आधिकारिक र राजनीतिक छलफललाई प्रोत्साहन दिने प्रयास हुने बताइएको छ।

सम्मेलनमा आतंकवाद र आतंकवादी वित्तपोषणको विश्वव्यापी प्रवृत्ति, आतंकवादका लागि कोषको औपचारिक र अनौपचारिक माध्यमको प्रयोग, उदीयमान प्रविधि र आतंकवादी वित्तपोषणसँग सम्बन्धित चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर