पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु हुँदैन : कुन्ती पोखरेल

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउन नहुने बताएकी छन्।

मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलोका क्रममा उनले यस्तो बताएकी हुन्।

राप्रपाबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेकी उनले टुरिस्ट उम्मेदवारलाई जिताउँदा विकास नभएको उदाहरण र अनुभव रहेको भन्दै यसपटक आफ्नै माटोमा हुर्किएर भूगोललाई चिनेको उम्मेदवार जिताउन आवश्यक रहेको बताइन्। उनले विगतमा पर्यटक उम्मेदवारका कारण काठमाडौं २ क्षेत्रमा विकासले गति लिन नसकेको बताइन्।

उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को शंखरापुर क्षेत्रमा पश्चिम रुकुम, रोल्पाको भन्दा विकट स्थिति रहेको बताइन्।

उनले निर्वाचन क्षेत्रमा आफूले जिते पहिलो काम नै विकासको हुने प्रतिबद्धता जनाइन्। उनले आफ्नो एजेण्डा राष्ट्र, राष्ट्रियता र युवा शक्ति भएकाले दिनहुँ विदेशिएका नेपाली युवाहरूलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्ने बताइन्।

उनले कागेश्वरी क्षेत्रमा चार लेनको बाटो भए पनि सडकमा नै ढल मिसिँदा कुनै पनि सवारी साधन नचलेको स्थिति रहेको बताइन्। उनले आफूले जितेपछि पहिलो काम आफ्नो निर्वाचन क्षेत्रमा आएको बजेट हेर्ने र अनियमितता गरेको पाए कारबाही गर्ने रहेको बताइन्।

नेतृ पोखरेलले काठमाडौं २ मा बजेट नआएको पाए वर्षौंदेखिको बजेटको हिसाब गरेर विकासका काम अघि बढाउने बताइन्। उनले काठमाडौं २ मा विकासको जिम्मेवारी आफूले लिन चाहेको भन्दै आसन्न निर्वाचनमा आफूलाई जिताउन मतदाताहरूसँग आग्रह गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर