वैदेशिक रोजगार विभागका नासु ३० हजार घुससहित पक्राउ

वैदेशिक रोजगार विभागमा कार्यरत नायब सुब्बा प्रमोद पाण्डे ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

वैदेशिक रोजगार कसुरमा मिलापत्रपश्चात् रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अख्यिार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई मंगलबार उनकै कार्यकक्षबाट सो घुस रकमसहित पक्राउ गरेको हो।

खानतलासीका क्रममा पाण्डेको साथबाट स्रोत नखुलेको थप ३२ हजार ५५ रुपैयाँ पनि बरामद भएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *