जनताले मलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहेका छन् : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न निर्वाचनपछि जनताले आफूलाई प्रधानमन्त्रीमा देख्न चाहेको बताएका छन्।

बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ को चुनावी घरदैलोका क्रममा उनले सो कुरा बताएका हुन्।

नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले उपप्रधानमन्त्री बनाइसकेको र अब पनि चुनाव जिताएर पठाउने र प्रधानमन्त्रीको रुपमा देख्न चाहेको बताएको जानकारी दिए। उनले विगतका चुनावमा भन्दा यस पटकको चुनावमा जनताले राम्रो प्रतिक्रिया दिइरहेको भन्दै आफूले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कामहरू उल्लेख्य गरेको बताए।

उनले जनताले काठमाडौं, १ मा खानेपानीको समस्या समाधान गर्ने कुरा पहिलो माग राखेको बताए। गुणस्तरयुक्त शिक्षा र स्वास्थ्य सेवाको विकास गर्न पनि मतदाताले माग गरेको बताए।

उनले आसन्न निर्वाचनमा जित हाँसिल गरेपनि आफ्नो पहिलो काम खानेपानीको समस्या समाधान गर्ने र सामुदायिक र निजी विद्यालयको शिक्षा गुणस्तरमा समानता ल्याउने रहेको बताए। शिक्षामा समानताका लागि संघीय शिक्षा ऐन बनाउँदा जोड दिनेपनि बताए।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धनको साझा उम्मेदवारको रूपमा नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रमा भएका सार्वजनिक जग्गाहरू अनधिकृत रुपमा प्रयोग भएकाले त्यसलाई फर्काएर सानो खेलग्राम र पार्कहरु बनाउने बताए। नेता सिंहले संवैधानिक निकायहरूमा राजनीतिकरण हुन नहुने भन्दै योग्य व्यक्ति चुन्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर