निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ९० जना म्यादी प्रहरी कारबाहीमा

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् ।

प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन् । “आचारसंहिताविपरीत काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो”, उनले भने, “कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन् । उहाँहरुलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो ।”

प्रवक्ता राईका अनुसार अनुसार कारवाही पर्नेमा प्रदेश नं १ मा ४८ , काठमाडौँ उपत्यकामा एक र बागमती प्रदेशमा पाँच रहेका छन् ।

त्यसैगरी गण्डकी प्रदेशमा २४ , लुम्बिनी प्रदेशमा चार , कर्णाली प्रदेशमा एक र सुदूरपश्चिममा सात छन् । काठमाडौँ उपत्यका सहित सात प्रदेशमा एक लाख १५ हजार म्यादी प्रहरीको कोटा रहेकामा हाल एक लाख १४ हजार आठ सय ७७ उपस्थित भएका छन् । यसमा पुरुष ८४ हजार दुई सय ४८ र महिला ३० हजार छ सय २९ छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर