खोटाङमा भिरबाट लडेर वृद्धको मृत्यु

खोटाङमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

वराहपोखरी गाउँपालिका–५, पौवसेरा, मलखुका ६० वर्षीय राजकुमार राईको भिरबाट लडेर मृत्यु भएको हो।

प्रहरीका अनुसार घरबाट करिब २ सय मिटर दूरीमा रहेको खरबारीमा बिहीबार उनकाे शव भेटिएको हो।

घाँस काट्न भनी घरबाट हिँडेका उनी घर नआएपछि खोजी गर्ने क्रममा खरबारीको भिरबाट लडेर मृत्यु भएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *