विश्वकपका लागि कडा मेहनत गर्ने कतारप्रति गर्व छ : फिफा अध्यक्ष

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकप फुटबल आयोजनाका लागि कतारको तयारीबारे प्रशंसा गरेका छन् । दोहामा आयोजित पत्रकार सम्मेलनमा उनले सबै पक्षलाई विश्वकपमा सहभागी हुन आग्रह गरे । उनले विश्वकप आयोजनामा संलग्न व्यक्ति र कतारको कडा मेहनतमा गर्व रहेको पनि बताए ।

‘आज म कतारी महसुस गरिरहेको छ, अरब, अफ्रिकी, समलैंगिक र प्रवासी मजदुर महसुस गरिरहेको छु,’ उनले भने । आफूलाई स्विस प्रवासी श्रमिकको छोरा बताउँदै उनले श्रमिकको अधिकारको लागि कतारको प्रगतिका लागि मान्यता दिनुपर्ने जनाए । फिफाले श्रमिकको अधिकारको ख्याल गरिरहेको उनको भनाइ थियो ।

अध्यक्ष इन्फान्टिनोले कतारको मानवअधिकारको रेकर्डको रिपोर्ट गरेको विषयमा पश्चिमा मुलुकहरुलाई ‘पाखण्ड’को पनि आरोप लगाए । ‘म युरोपेली हुँ, विश्वभर ३ हजार वर्षयता हामीले जे गर्‍याैं, नैतिक पाठ दिनुअघि त्यस अवधिको माफी पनि माग्नुपर्छ,’ उनले भने ।

उनले फिफा र कतारको आलोचना गर्ने क्रममा ‘दोहोरो चरित्र’ देखाइएको पनि बताए । उनले मदिरा प्रतिबन्धलगायतका विषयमा चर्चा, बहस र संयुक्त निर्णय भएको पनि जनाए । ‘कति देशमा रंगशालामा मदिरा प्रतिबन्ध छ, त्यसैले दोहोरो चरित्र अपनाउन जरुरी छैन,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर