भोट हाल्दै प्रकाशमानले भने- ‘विकास निर्माण सम्पन्नताको अभियानमा लैजान गठबन्धनले जित्नुपर्छ’

नेपाली कांग्रेसका नेता एवं काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रकाशमान सिंहले गठबन्धनले निर्वाचन जिते केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा फरक के छ भन्ने कुराको उदाहरण प्रस्तुत गर्ने बताएका छन्।

आइतबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन्।

उनले दुई पटक संविधान लेखन, एक पटक संविधान रक्षा गर्न समय लागेको भन्दै अबको समय संविधानलाई कार्यान्वयन गर्नका लागि भएको बताए। उनले गठबन्धन सरकार राजनीतिक स्थिरता र स्थायित्व दिन अग्रसर रहेको पनि बताए। नेता सिंहले नेपाललाई विकास निर्माण सम्पन्नताको अभियानमा लैजान गठबन्धनको आवश्यकता रहेको बताए।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन आज एकैचरणमा देशभर जारी छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर