आईजीपी धिरजले धानेको प्रहरीको निर्वाचन ‘सुरक्षा साख’

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछिको दोस्रो प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। छिटपुट घटनाबाहेक मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

यसअघि गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। प्रहरी महानिरीक्षकमा नियुक्त भएकै महिना निर्वाचन सुरक्षाको जिम्मा धिरजप्रताप सिंहको काँधमा आयो। उनले त्यसलाई कुशलतापूर्वक सम्हाले र निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन प्रहरी संगठन प्रमुखको रूपमा उल्लेख्य भूमिका खेले।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको मुख्य श्रेय प्रहरीलाई जान्छ। निर्वाचन सुरक्षाको पहिलो घेरामा रहेर प्रहरीले निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन अहम् भूमिका खेलेको छ। प्रहरीको बलियो सुरक्षा योजना रणनीतिका कारण नै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सम्भव भएको हो। यसमा नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको पनि भूमिका छ।

सेनाले ४ कार्तिकबाटै फाैज परिचालन र सशस्त्रकाे सहयाेगी भुमिका प्र‌शसनिय रहे । यस्तै राअविले समयमै सूचना उपलब्ध गराउँदा प्रहरीलाई काम कारबाहीमा निकै सहज भयाे ।

२०७४ को आमनिर्वाचन दुई चरणमा हुँदा सुरक्षा चुनौती केही कम थियो। तर, यसपटक देशभर एकैचरणमा निर्वाचन भएकाले प्रहरीलाई सुरक्षा चुनौती थपिएको थियो। यद्यपि निर्वाचन सुरक्षाको फ्रन्टलाइनरको जिम्मेवारीमा रहेको प्रहरीले शान्तिपूर्ण रूपमा निर्वाचन गराउन सफल भयो। सीमित स्रोत साधनका बाबजुद निर्वाचन सफल बनाउन प्रहरीले खेलेको भूमिका प्रशंसनीय छ।

प्रहरी संगठनको नेतृत्वमा रहेका प्रहरी महानिरीक्षक सिंहको निरन्तर आदेश–निर्देशनले निर्वाचन सुरक्षार्थ खटिएका प्रहरीलाई आफ्नो जिम्मेवारी उच्च मनोबलका साथ पूरा गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

उनले टिम परिचालन र दक्षलाई स्थान दिने रणनीतिले यसमा प्रमुख भुमिका खेलेकाे छ ।

ठूलो सुरक्षा चुनौतीका बीच स्थानीय र संसदीय निर्वाचन दुवै शान्तिपूर्ण रूपमा सम्पन्न गराएर महानिरीक्षक सिंहले प्रहरी संगठनलाई अब्बल सावित गरेका छन्।

२०४९ चैतमा प्रहरी सेवामा प्रवेश गरेका सिंहले गत वैशाखमा महानिरीक्षक नियुक्त भएका हुुन्। उनी कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर हुन्।

सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) छँदा मधेश प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व गरेका थिए।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छँदा उनले तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखा (हालको उपत्यका अपराध अनुसन्धान कार्यालय)को नेतृत्व गरेका थिए। एसपी छँदा उनले पर्सा र दाङको नेतृत्व गरेका थिए।

प्रतिनिधि सभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव भएको हो। बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको थियो।

मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको थियो।

मतदानका क्रममा थुप्रै ठाउँमा झडप भएको छ। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नुपर्‍याे। ७ जिल्लाका २४ मतदानस्थलमा मतदानका क्रममा विवाद भएपछि उत्पन्न स्थिति नियन्त्रणका लागि उक्त १३७ राउण्ड हवाई फायर गरिएको प्रहरीले जनाएको छ।

चितवनमा १, दार्जुलामा ३, रौतहटमा ३, बाजुरामा ७६, दोलखामा २९, सिराहामा ३ र हुम्लामा २२ राउण्ड हवाई फायर भएको हो।

यी विविध सुरक्षा चुनौतीका बीच स्थितिलाई नियन्त्रणमा लिँदै प्रहरीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको हो।

निर्वाचनमा झण्डै तीन लाख सुरक्षाकर्मी परिचालन भएका छन्। त्यसमा नेपाल प्रहरीका मात्र ७१ हजार छ सय ९३ जनशक्ति छन्। साथै एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गरिएको छ। नेपाली सेनाले विगतकै हाराहारीमा ७१ हजार जनशक्ति खटाएको छ। सशस्त्र प्रहरीले भने ३५ हजार जनशक्ति परिचालन गरेको छ।

राष्ट्रिय अनुसन्धान विभागका दुई हजार बढी परिचालन भएका छन्।

 

प्रतिक्रिया

One thought on “आईजीपी धिरजले धानेको प्रहरीको निर्वाचन ‘सुरक्षा साख’

  1. नेपाली सेनाले कार्तिक ४ गते बाट नै आफ्नो फौज परिचालन गरेको थियोे । यस बारेमा ध्यानाकर्षण होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *