बैतडी जीप दुर्घटनाः प्रहरी सहायक हवल्दार र तीन जवानको मृत्यु (नामावलीसहित)

मतपेटिका ढुवानीमा रहेको सुरक्षाकर्मी बोकेको जीप दुर्घटनामा एकजना प्रहरी सहायक हवल्दार र तीनजना प्रहरी जवानको मृत्यु भएको छ ।

प्रहरीका अनुसार प्रहरी सहायक हवल्दार अर्जुन कठायतसहित प्रहरी जवानहरु लोकबहादुर बैठा मगर, रमेश साउद र दीर्घ विष्टको मृत्यु भएको हो । मृत्यु भएका कठायत, बैठा मगर र विष्ट प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत थिए । यस्तै मृत्यु भएका साउद प्रहरी चौकी धामी गाउँमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

प्रहरी बोकेको से १ ज ८५४ नम्बरको जिप सोमबार बिहान दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–४ निङ्लाडी खोला भन्ने स्थानमा दुर्घटनामा परेको थियोे । दुर्घटनामा परेर चार प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो ।

जिल्ला सदरमुकाममा मतपेटिका पु¥याएर फर्कदै गरेको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको हो । जिप सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ ।

प्रहरीले दुर्घटनास्थलमा तत्काल ईप्रका पाटनबाट प्रहरी निरीक्षक कमल प्रसाद चौधरीको कमाण्डमा ११ जनाको प्रहरी टोली पुगेर उद्दार गरेको थियो । यस्तै जिल्ला प्रहरी कार्यालय बैतडीबाट समेत डीएसपीको कमाण्डमा १६ जनाको थप प्रहरी टोली खटीएको छ ।

दुर्घटनामा प्रहरी हवल्दार गणेश बहादुर खडका, प्रसह, गोपाल बहादुर पाल, जवानहरु भानु बिष्ट, नरेश कठरिया, पुतली खड्का, टेकेन्द्र ऐरी, चन्द्र सिंह ठगुन्ना, आशा धामी र सवारी चालक देवराम महर घाइते भएका छन् ।

हवल्दार खड्का र जवान पुतलीलाई हेलिकोप्टर मार्फत कोहलपुर मेडिकल कलेजमा ल्याएर उपचार भइरहेको छ । यस्तै अन्यको समेत उद्दारको कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर