जापानका परराष्ट्रराज्यमन्त्रीले भेटे प्रमुख निर्वाचन आयुक्त, चुनावबारे कुराकानी

प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको अवलोकनका लागि नेपाल आएका जापानका परराष्ट्रराज्यमन्त्री ताकेइ शुनसुकेले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेका छन्।

सोमबार भएको भेटमा द्विपक्षीय सहयोग र सम्बन्धका साथै आमनिर्वाचनका बारेमा कुराकानी भएको थियो। राज्यमन्त्री ताकेइले नेपालमा मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन प्रक्रियाको प्रशंसा गरे भने प्रमुख आयुक्त थपलियाले निर्वाचन अवलोकन गरेकामा जापानी प्रतिनिधिमण्डललाई धन्यवाद व्यक्त गरे।

सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडी, सहसचिवहरू तथा नेपालका लागि जापानका राजदूत किकुता युताकालगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर