आमनिर्वाचन-२०७९

जितपछि प्रकाशमान- ‘प्रधानमन्त्रीका लागि अफर आए पछि हट्दिनँ, साथीहरूसँग सल्लाह गर्छु’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने बताएका छन्।

मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा विजयी बनको नेता सिंहले विजयपछि नेता, कार्यकर्ताहरूसँगको शुभकामना आदानप्रदानका क्रममा जनताले दिएको विश्वासलाई गुम्न नदिने बताएका हुन्।

उनले मतदाताका भनाइ र मागहरूलाई सम्बोधन गर्ने बताए। उनले आम मतदाताहरूका लागि जनप्रतिनिधिहरूसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनसो सुन्ने काममा आफू निरन्तर लाग्ने बताए।

उनले खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा छिटो ल्याउनका लागि काम गर्ने बताए। उनले काठमाडौंका नदीहरू बागमती, विष्ण्ुामती, रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाई सफा बनाउने र प्रदूषण नियन्त्रणका लागि काम गर्ने बताए।

नेता सिंहले प्रधानमन्त्रीका लागि अफर आयो भने पछि नहट्ने बताए। उनले आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेको पनि बताए। नेता सिंहले देशभरबाट जितेर आएका कांग्रेस नेताहरूसँग सल्लाह लिएर आफू अघि बढ्ने बताए।

सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेस नेता सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट १२५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं राष्ट्रिय प्रजातन्त्र पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पछि पार्दै विजयी भएका हुन्। नेता सिंहले ७ हजार १४३ मत ल्याउँदा प्रतिस्पर्धी मिश्रले ७ हजार १८ मत ल्याए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर