डिल्लीबजार मालपोतका तत्कालीन उपसचिवसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय, डिल्लीबजार, काठमाडौंका तत्कालीन उपसचिव परशुराम अधिकारी र तत्कालीन अधिकृत सीताराम पोखरेलसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। सरकारी जग्गा व्यक्ति नाममा दर्ता गराई भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

उनीहरूले नेपाल सरकारको नाममा बाटो कायम भएको काडमाडौं महानगरपालिका साविक वडा नं. १६ स्थित कित्ता नं. १३९९ को ९१.३१ वर्गमिटर जग्गा जग्गा प्रशासन निर्देशिका, २०५८ विपरीत व्यक्तिको नाममा दर्ता गराएको पुष्टि हुन आएकाले मुद्दा दर्ता गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

यसरी मुद्दा दर्ता हुनेमा तत्कालीन उपसचिव अधिकारी र तत्कालीन अधिकृत पोखरेलसँगै तत्कालीन नायब सुब्बाहरू ताराप्रसाद जोशी, प्रसाराम भुसाललगायत छन्। २१ लाख ३० हजार ३ सय ८१ रुपैयाँ ४ पैसा बिगो कायम गर्दै उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको प्रवक्ता भण्डारीले बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर