रसुवा प्रदेश क्षेत्र नम्बर १ मा कांग्रेस विजयी

रसुवा प्रदेश क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का कुलप्रसाद भट्टले चार हजार सात सय ७२ मत प्राप्त गरेका छन् । तामाङले आफ्नाप्रतिद्वन्द्वीभन्दा तीन हजार चार सय १४ मत बढी प्राप्त गरेको निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए ।

उक्त क्षेत्रमा एक स्वतन्त्र महिलासहित आठजना उम्मेदवार थिए । उक्त क्षेत्रमा १३ हजार ६ सय ५५ मत खसेकामा १३ हजार दुई सय ८७ मत सदर भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर