कपिलवस्तुबाट पेस्तोल, गोली र ब्राउनसुगरसहित दुई कारोबारी पक्राउ

कपिलवस्तु प्रहरीले लागूऔषध ब्राउनसुगरका संगठित कारोबारीलाई हतियारसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार पक्राउ पर्ने दाजुभाई हुन् । दुबै लामो समयदेखि यस क्षेत्रमा लागूऔषधको कारोबारमा सक्रिय रहेका थिए ।

प्रहरीले मायादेवी गाउँपालिका–६ रजवापुर बस्ने ३४ वर्षीय जुल्फकार मुसलमान र उनकै भाई २२ वर्षीय नदिम मुसलमानलाई मेड इन युएएस लेखिएको पेस्तोल १ थान, सोको म्यागजिन १ थान, गोली ६ राउण्ड, नगद १ लाख ४६ हजार रुपैयाँ, ३ हजार ६ सय भारतीय रुपैयाँ, तौल गर्ने डिजिटल मेशिन १ थान, स्मार्टफोन १२ थान र ब्राउनसुगर जस्तो धुलो पदार्थ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनीहरूले आफ्नै घरको कोठाभित्र लुकाई राखेको उक्त हतियार लगायतका सामान सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर