आमनिर्वाचन-२०७९

खोटाङमा मतान्तर बढाउँदै माओवादीका पासाङ, एमालेका विशाल ७३३ मतले पछि

एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’ले अग्रता कायमै राखेका छन्। सोमबार राति ११ बजेदेखि जारी मतगणनामा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार राईले मतान्तरसमेत बढाउँदै लगेका छन्।सुरुवाती केही चरणमा भट्टराईले अग्रता लिएको भए पनि सार्वजनिक पछिल्ला मतपरिणाममा राई निरन्तरजसो अगाडि देखिएका छन्।

पछिल्लो मतपरिणामअनुसार ९,०४७ मत गणना हुँदा माओवादीका राईले ४,३१६ मत र एमालेका भट्टराईले ३,५८३ मत पाएका छन्। राईले भट्टराईलाई ७३३ मतले पछि पारेका छन्।

२०६४ को पहिलो संविधान सभा सदस्य र २०७४ को प्रदेश सभा सदस्य निर्वाचनमा विजयी माओवादीका पोलिटब्यूरो सदस्य, प्रदेश १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री राई तेस्रो पटक संसदीय निर्वाचनमा छन्।

यस्तै २०५६ सालदेखि लगातार खोटाङबाट चुनाव लड्दै आएका एमाले पोलिटब्यूरो सदस्य, संसदीय दलका प्रमुख सचेतक भट्टराई भने तेस्रो जितको योजनासहित चुनावी मैदानमा छन्।

२०५६ सालको संसदीय निर्वाचन र २०६४ सालको पहिलो संविधान सभा सदस्य निर्वाचनमा पराजित भएका भट्टराई २०७० को दोस्रो संविधान सभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका थिए ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर