नेप्से परिसूचक ११.५६ अंकले वृद्धि

दुई दिन लगातार रुपमा गिरावट आएको नेप्से परिसूचक वृद्धि भएको छ । बिहीवार नेप्से परिसूचक ११.५६ अंक बढेर १९३३.५५ बिन्दुमा पुगेको छ ।

त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.०२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८७ अंक बढेको छ ।

बिहीवार कारोबारमा आएका २३२ कम्पनीको २५ लाख ६९ हजार कित्ता शेयर ९२ करोड ५१ लाख ७४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक बढे पनि बिहीवार कारोबार रकम भने घटेको छ ।

नेप्सेका १३ उपसमूहमध्ये निर्जीवन बीमा उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ । जसमा विकास बैंक, वित्त, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचक ०.०४ प्रतिशत घटेको छ ।

बिहीवार कारोबारमा आएको घलेम्दी हाइड्रो र आरएमडिसी लघुवित्तको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी बढेको छ ।

तर यता किसान लघुवित्त वित्तीयको शेयरमूल्य भने २.८९ प्रतिशत घटेको छ । आज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ७ करोड ६२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *