आमनिर्वाचन-२०७९

सप्तरी १ मा जसपाका नवलकिशोर साह विजयी

सप्तरी १ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका नवलकिशोर साह प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन्।

उनले २३ हजार पाँच सय ६४ मत ल्याएर विजयी भएका हुन्। उनले जनमत पार्टीका जयकान्त राउतलाई तीन हजार पाँच सय ७२ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर १ कञ्चनरुप, सप्तरीका अनुसार साहले २३ हजार पाँच सय ६४ र निकटतम प्रतिद्वन्द्वी राउतले १९ हजार नौ सय ९२ मत प्राप्त गरेका छन्। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रामदेव साहले १४ हजार तीन सय १२ मत प्राप्त गरे।

गत प्रतिनिधि सभाको निर्वाचनमा उक्त क्षेत्रबाट जसपाका डा. सूर्यनारायण यादव विजयी भएका थिए। राजपाबाट नवलकिशोर साह गत निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिनिधि सभा सदस्यतर्फ सप्तरी ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव र सप्तरी २ मा जनमत पार्टीका सिके राउत विजयी भइसेका छन्। सप्तरी ४ मा कांग्रेसका तेजुलाल चौधरीले अग्रता बढाएका छन्। चौधरीलाई जसपाका बालकिशोर यादव र जनमतका सुकदेवप्रसाद साहले पछ्याइरहेका छन्।

हालसम्म घोषित परिणामअनुसार सप्तरीमा कांग्रेस, जसपा र जनमत पार्टीले एक/एक प्रतिनिधि सभा सदस्यमा जित हासिल गरेको छ। प्रदेश सभामा जनमत पार्टीले चार, कांग्रेस र एमालेले एक/एकमा जित हासिल गरेको छ। बाँकी प्रदेश सभा ४ (१) मा नेकपा (एस) का गोविन्दबहादुर न्यौपाने र ४ (२) मा स्वतन्त्रका अनिरुद्ध कुमार यादवले अग्रता कायम कायम राखेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर