आमनिर्वाचन-२०७९

कैलाली ३ पछि १ मा पनि नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा र प्रदेश सभाका तीनवटै सिटमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ। प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ निर्वाचित भएकी छन्।

निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार तीन सय २३ मतले पछि पार्दै श्रेष्ठ ३० हजार चार सय चार मतका साथ विजयी भएकी हुन्।

निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक–वाम गठबन्धनका चौधरीले १८ हजार ८१ मत पाए। नेकपा (एमाले)का तपेन्द्र रावलले पाँच हजार एक सय ९० मत प्राप्त गरे।

जम्मा एक लाख छ हजार सात सय तीन मतदाता रहेको यस निर्वाचन क्षेत्रमा ६४ हजार नौ सय ९९ मत खसेको थियो। जम्मा खसेको मतमा तीन हजार दुई सय ६८ मत बदर भएको निर्वाचन अधिकृत राजेन्द्रसिंह भण्डारीले जानकारी दिएका हुन्।

यसअघि यो क्षेत्रको प्रदेश सभा (१) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी १५ हजार एक सय एक मतका साथ विजयी भएका छन्। त्यस्तै प्रदेश सभा (२) बाट सोही पार्टीका उम्मेदवार लक्ष्मणकिशोर चौधरी ११ हजार तीन सय १७ मतका साथ वियजी भएको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए।

याे पार्टीले यसअघि कैलाली ३ मा पनि क्लिन स्वीप गरिसकेकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर