आमनिर्वाचन-२०७९

सर्लाही ४ मा कांग्रेसले नपत्याएका अमरेश सिंह विजयी

सर्लाही ४ मा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन्। कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनेका सिंह विजयी भएका हुन्।

उनले नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्र कुमारलाई १ हजार ७६५ मतान्तरले पराजित गरेका हुन्।

सिंह २० हजार १७ मत ल्याउँदै विजयी भएका हुन्। पराजित नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याएका छन् ।

यस्तै स्वतन्त्रबाट उठेकी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरिन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर