आमनिर्वाचन-२०७९

काठमाडौं १ का सांसद सिंहले लिए निर्वाचित भएको प्रमाणपत्र

काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद प्रकाशमान सिंहले आफू निर्वाचित भएको प्रमाणपत्र लिएका छन्।

कांग्रेस नेता सिंहलाई काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले शुक्रबार एक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वितरण गरेका हुन्।

कांग्रेस नेता सिंहले ७ हजार १४३ मत ल्याई राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पराजित गरेका थिए। मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए।

त्यसैगरी कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर १ का प्रदेश सभा १ का सांसद दीपेन्द्र श्रेष्ठ र प्रदेश सभा २ का सांसद सूरजचन्द्र लामिछानेलाई पनि प्रदेश सभाबाट निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ। मुख्य निर्वाचन अधिकृत खतिवडाले श्रेष्ठ र लामिछानेलाई सो प्रमाणपत्र प्रदान गरेका हुन्।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत खतिवडाले प्रतिनिधि सभामा निर्वाचित सांसद सिंह र प्रदेश सभाका निर्वाचित सांसदद्वय श्रेष्ठ र लामिछानेलाई बधाईसमेत दिएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *