नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउन उत्पादन लागतलाई कम गर्नुपर्छ : मुख्यसचिव बैरागी

नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले नेपाली उद्योगलाई प्रतिस्पर्धी बनाउनको लागि उत्पादन लागतलाई कम गर्नुपर्ने बताएका छन्।

शुक्रबार आठौं उद्योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यसचिव बैरागीले उद्योगलाई प्रतिष्पर्धी बनाउनको लागि उत्पादन लागत कम गर्नुपर्ने विश्वभरको मान्यता रहेकाले नेपालमा पनि आवश्यक रहेको बताएका हुन्।

उनले उद्योग प्रतिस्पर्धी नभएसम्म फस्टाउन नसक्ने बताए। उनले उद्योगमा उत्पादन वृद्धि भएर निर्यात नबढाएसम्म मुलुकमा व्यापार घाटा चुलिँदै जाने बताए। मुख्यसचिव बैरागीले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा वाह्य दबाब रहेकाले अवस्था असहज रहेको बताए। उनले वाह्य क्षेत्रको असरले अर्थतन्त्रमा देखिको असहज अवस्था लामो समय नरहने विश्वास व्यक्त गरे। उनले अर्थतन्त्र तथा उद्योग क्षेत्रमा रहेका समस्याको सबैले पहिचान गरिसकेकाले निजी क्षेत्र र सरकार मिलेर समाधान गर्नुपर्ने बताए।

उनले नेपालमा भएका उद्योगको क्षमताले नभ्याएको हुनाले लगानी मैत्री वातावरण बनाएर वैदेशीक लगानी ल्याउन सक्नुपर्ने बताए। उनले नेपालको उद्योग क्षेत्रका समस्या र विकासमा ठूलो चुनौती नीति कार्यान्वयन भएको स्वीकार गरे।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर