जनचाहनाअनुरूप काम गर्न केन्द्रित हुनेछु : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले जनताको चाहनाअनुरुप काम गर्न आफू केन्द्रित हुने बताएका छन् ।

विकास, निर्माणको काममा राजनीतिकरण नगर्ने र जनताको चाहना अनुसार आफूले काम गर्ने नेता सिंहको भनाइ थियो ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बीच आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले जनताले विकास, निर्माणको काममा राजनीतिकरण गरेको मन नपराएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । उनले तीन वटै तहको सरकारलाई अधिकारसम्पन्न बनाएर जनताको सेवाको काममा सहजता ल्याउने गरी संघीय कानुन निर्माणमा जोड दिने योजना पनि सार्वजनिक गरे । सुशासन, समृद्धि, विकास, बेरोजगारी समस्या समाधान गरी मुलुकलाई भ्रष्टाचार मुक्त गराउनुपर्ने दायित्व पनि आफूहरुको रहेको नेता सिंहले बताए ।

नेता सिंहले जनाको चाहनाअनुसार आफूले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकास, खानेपानीको व्यवस्थापन, बेरोजगारी समस्या समाधान, शिक्षा र स्वास्थ्यमा सुधारको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताए । त्यस अवसरमा उनले निर्वाचन स्वच्छ, स्वतन्त्र र पारदर्शी ढंगले सम्पन्न गराएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, सुरक्षाकर्मी र सम्बन्धित निकायलाई पनि धन्यवाद दिएका थिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित सांसद सिंहलाई बधाई दिँदै कार्यकालको सफलताको कामनासमेत गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर