आमनिर्वाचन-२०७९

कांग्रेसकी सुजाता कोइरालालाई हराउँदै मोरङ २ बाट एमालेका ऋषिकेश पोखरेल विजयी

मोरङ २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गरेका हुन्।

पोखरेल ३३ हजार १४८ मत ल्याएर विजयी हुँदा कोइरालाले ३१ हजार ९४० मत पाइन्।

पोखरेल २०७० सालको संविधान सभा निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए। सो निर्वाचनमा उनले नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए।

२०७४ को प्रतिनिधि सभा निर्वाचनमा भने उनी कांग्रेसका डा. मीनेन्द्र रिजालसँग पराजित भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर