आमनिर्वाचन-२०७९

गृहमन्त्री खाणले दिए निर्वाचित बोहोरालाई बधाई

गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नं ३ बाट निर्वाचित हुने राप्रपा नेता दीपक बोहोरालाई बधाई दिएका छन्।

आफूसँग प्रतिस्पर्धा गरी विजयी भएका बोहोरालाई खाणले टेलिफोनबाट बधाई दिएका हुन्।

गृहमन्त्री खाणले बोहोरालाई सफल कार्यकालको शुभकामना पनि व्यक्त गरे। बोहोराले खाणलाई दुई हजार ६ सय ८१ मतले पराजित गरेका हुन्।

बोहोराले ३६ हजार ७१७ मत प्राप्त गरे भने खाणले ३४ हजार ३६ मत प्राप्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *