जितपछिको विजयी जुलुसमा प्रेम सुवाल, ‘मन्त्रीहरू नै भारतसँग मल किनेर कमिसन खान्छन्’

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानून निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताएका छन्।

शनिवार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरुलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आफ्नो दबाब स्वदेशमै रोजगारी सिर्जना गर्ने कानून निर्माणमा रहने बताए।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुनुभएका उनले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानून निर्माणमा आफू हरक्षण माग गरिरहने बताए।

उनले देशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने बताए। उनले सरकारका मन्त्रीहरु नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको आरोप लगाए।

उनले देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानून बनाउन आवाज उठाउने पनि बताए।

नेता सुवालले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गर्दै विजयी भएका थिए। सुवालले४२ हजार ७१६ मत ल्याए भने प्रतिष्पर्धी गेलालले ११ हजार ९६८ मत मात्रै ल्याए।

भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को २ मा नेपाल मजदुर किसान पार्टीकै सुरेन्द्रराज गेसाई विजयी भएका छन् भने १ को १ बाट भने नेपाली काँग्रेसका सुरेश श्रेष्ठ विजयी भएका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *