एमाले उपाध्यक्ष पौडेलले लिए निर्वाचित भएको प्रमाणपत्र

रुपन्देही क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका छन्।

शनिबार अपरान्ह २७ हजार १४८ मत ल्याई निर्वाचित हुनु भएका उनलाई निर्वाचन अधिकृत उद्वीर नेपालीले रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित भएको प्रमाण पत्र वितरण गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८२ मत प्राप्त गरेका थिए।

कार्यक्रममा सोही क्षेत्रको (१)मा निर्वाचित प्रदेश सभा सांसद लिला गिरी र (२) मा निर्वाचित प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले पनि आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरे। प्र्रदेश सभामा निर्वाचित गिरी र श्रेष्ठ पनि एमालेबाट निर्वाचित भएका हुन्।

प्रमाणपत्र ग्रहण गरेलगत्तै एमालेका नेता, कार्यकर्ताहरु उत्साहका साथ विजय जुलुसमा सहभागी भएका थिए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर