शेयर बजारमा उत्साह : नेप्से परिसूचक ३२ अंकले बढ्दा २ अर्बमाथिको कारोबार

साताको पहिलो दिन आइतबार शेयर बजारमा उत्साह देखिएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से सूचक ३२.४३ अंकले बढ्दै १९६५.९८ अंकमा उक्लिएको छ।

आइतबार नै राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिकको समीक्षा गर्ने तयारी गरेसँगै शेयर बजारमा उत्साह देखिएको हो।

नेप्सेका अनुसार आज २ अर्ब २ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरको ४२ लाख २३ हजार ८६७ कित्ता सेयर कारोबार भएको छ। २ अर्ब माथिको कारोबार लामो समयको अन्तरालमा भएको हो।

आज शेयर बजारमा म्युचुअल फन्ड बाहेकका १२ वटा समूहको उपसूचक धनात्मक भएका छन्। सबैभन्दा बढी माइक्रोफाइनान्स समूहको उपसूचक आज ३.०७ प्रतिशतले बढेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक २.२१ प्रतिशतले बढेको छ। म्युचुअल फन्डको उपसूचक भने आज ०.९८ प्रतिशतले घट्न पुगेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर