महानगरले डोजर चलाउन खोजेपछि थापाथलीस्थित सुकुम्बासी बस्तीमा तनाव

काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने काममा अवरोध भएको छ।

काठमाडौं महानगरपालिकाले अनधिकृत रूपमा बनाइएका भौतिक संरचनाहरू हटाउने अभियानअन्तर्गत सोमबार दिउँसोबाट सो बस्तीमा डोजर चलाउन सुरु गरेको हो। तर, सो बस्तीमा मानिसहरूले भने डोजर चलाउने काममा अवरोध गर्दै काठमाडौं महानगरपालिकाविरुद्ध चर्का नाराबाजीसहित टायर बालेर प्रर्दशन गरिरहेका छन्। डोजरको प्रतिकार गर्न ईंट्टासमेत प्रहार भइरहेको छ।

अहिले पनि त्यस क्षेत्र तनावग्रस्त छ । स्थानीयले प्रतिकार गर्न प्रदर्शनलाई निरन्तरता दिएका हुन्। काठमाडौं महानगरपालिकाले यसअघि नै ३५ दिने सूचना जारी गर्दै सो बस्तीमा बनाइएका टहरा हटाउन निर्देशन दिएको थियो।

यता प्रर्दशनकारीहरूले भने विकल्प नभई नदिई आफूहरू सो बस्तीबाट नहट्ने जिकिर गरिरहेका छन्। उनीहरूले डोजर चलाउने डरले आफूहरूको सामान भने बाहिर निकाल्ने कामलाई पनि एकसाथ अघि बढाएका छन्।

हेर्नुस् तस्बिरहरू :

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर