सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक : उपाध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्।

सोमबार उद्योग वाणिजय महासंघले अर्थतन्त्रमा मेला महोत्सवको महत्त्व, विद्यमान चुनौती र आगामी तयारी विषयक छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष श्रेष्ठले निजी क्षेत्र राज्यलाई कर तिर्न तयार रहेको भन्दै कर तिर्नको लागि निजी क्षेत्रलाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन गर्न आवश्यक रहेको बताएका हुन्। उनले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सही र सहयोगी भावना नभएको आरोप लगाए।

उपाध्यक्ष श्रेष्ठले काठमाडौं उपत्यकामा नै अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी हल बनाउन माग गरे पनि सरकारले सुनुवाइ नगरेको बताए। उनले अन्य देशहरुले स्वदेशी उत्पादनलाई विदेशी प्रदर्शनीहरुमा राख्नका लागि राज्यले खर्च गर्ने गरेको भएपनि नेपालमा भने उद्योगी व्यवसायीहरुलाई विदेशका प्रदर्शनीमा जान त्यस्तो सुविधा नदिएको बताए।

उनले जिल्ला तथा स्थानीय तहहरुमा मेला महोत्सव गर्न स्थानीय क्लवहरुलाई दिन नहुने बताए। उनले स्थानीय क्लवहरुलाई मेला गर्न दिँदा स्थानीय व्यवसायीहरुलाई नै असर पर्ने बताए। उनले उद्योग वाणिज्य महासंघ चोभारको प्रदर्शनी हल बनाउन टिपीसीसँग मिलेर जान तयार रहेको बताए। उनले यदि टीपीसीले चोभारमा बन्न लागेको प्रदर्शनी हल निर्माण गर्ने नसके उक्त हल निर्माण गर्न निजी क्षेत्र तयार रहेको बताए।

त्यस्तै महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले काठमाडौं उपत्यकामा अन्तर्राष्ट्रियस्तरको र सातै प्रदेश तथा स्थानीय तहमा मेला तथा प्रदर्शनी स्थल आवश्यक रहेको बताए। उनले स्थानीयस्तरमा मेला महोत्सव गर्न प्रदर्शनी हल भए स्थानीय उत्पादन भएका वस्तुलाई व्यापार विविधीकरण गर्न सकिने बताए। उनले प्रदर्शनी स्थल बनाउनको लागि निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताए।

उनले सरकारले नीतिगत रुपमा स्थानीय उत्पादनहरुलाई प्रवर्द्धन गर्ने हो भने मेला महोत्सव स्थल बनाउनु आवश्यक रहेको बताए। उनले अहिले भइरहेको मेला महोत्सवहरु रमाइलो मेलाको रुपमा भइरहेकाले अब स्थानीय उत्पादनमुखी मेला आयोजना गर्नुपर्ने बताए।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर