आमनिर्वाचन-२०७९

सुनसरी ३ मा विजय गच्छदारको हार निश्चित

नेपाली कांग्रेसका नेता विजय गच्छदार प्रतिनिधि सभा सदस्यमा पराजित हुने निश्चित भएको छ। सुनसरी ३ मा सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका गच्छदारले नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीसँग हार्ने निश्चित भएको हो।

४ हजार ११ मत गन्न बाँकी रहँदा चौधरीले ५ हजार ३१९ मतले अग्रता लिएसँगै उनको जित सुनिश्चित भएको हो। अहिलेसम्मको मतगणनामा चौधरीले ३७ हजार ४२० मत प्राप्त गरेकी छिन् भने गच्छदारले ३२१०१ मत पाएका छन्। गणना बाँकी रहेको सबै मत गच्छदारको पक्षमा जाँदा पनि उनी पराजित हुने निश्चित भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर