भारतका लागि नेपाली राजदूत शर्मा र भारतका सीडीएस चौहानबीच भेटवार्ता

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा र भारतका चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) अनिल चौहानबीच भेटवार्ता भएको छ। उनीहरू दुईबीच एकीकृत रक्षा कर्मचारीको मुख्यालयमा भेटवार्ता भएको हो।

भेटमा नेपाल र भारतको द्विपक्षीय रक्षा सहयोगका विभिन्न पक्षहरूमा छलफल भएको र नेपाललाई निरन्तर सहयोग गरेकोमा सीडीएस चौहानलाई आफूले धन्यवाद व्यक्त गरेको राजदूत शर्माले ट्विटरमा उल्लेख गरेका छन्।

*भुलवश भारतका लागि नेपाली राजदूत हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *